अन्तर्राष्ट्रिय अपराध अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । अदालतले पुटिनलाई गैरकानुनी रूपमा युक्रेनबाट बालबालिकालाई रुसमा पुर्‍याउनुका साथै युद्ध अपराधका लागि जिम्मेवार रहेको ठहर गरेको छ ।

रूसले बालबालिकालाई रूसी नागरिकता लिन बाध्य पार्ने लगायतका गतिविधि गरेको आयोगको रिपोर्टमा उल्लेख छ । युक्रेन सरकारको तथ्यांकमा जबर्जस्ती रूस लैजाने बालबालिकाको संख्या १६ हजार २ सय २१ रहेको छ ।

आईसीसीका न्यायाधीशहरूले पुटिनसहित रुसी बाल अधिकार आयुक्त मारिया अलेक्सेभना लभोभा–बेलोभाविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति पुटिनको सो अपराध २४ फेब्रुअरी सन् २०२२ देखि युक्रेनमा शुरु भएको जनाएको छ ।

आइसिसिले रुसले युक्रेन माथि युद्ध शुरु गरेको दिनदेखि नै अपराधको श्रृंखला शुरु भएको जनाएको छ । मस्कोले भने आक्रमणका क्रममा युद्ध अपराधको आरोप अस्वीकार गर्दै आएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत नेदरल्यान्डसस्थित अन्तर्राष्ट्रिय स्थायी न्यायाधिकरण संयन्त्र हो ।

जसमा जन–नरसंहार, मानवताविरुद्धको अपराध, युद्ध अपराध र आक्रमणको अपराधको लागि अपराधी विरुद्ध मुद्दा चलाइन्छ । पुटिन र रूसविरुद्ध युद्ध अपराधमा यही फेबुअरी २२ मा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.