इटलीमा आएको बाढीमा परी नौ जनाको मृत्यु, कयौं मानिस बेपत्ता

इटालीको उत्तरी इमोला रोमाग्ना क्षेत्रमा भारी वर्षापछि आएको बाढीमा परी नौ जनाको मृत्यु भएको छ भने कयौं मानिस हराइरहेका रहेका छन् ।

अधिकारीहरुका अनुसार प्रभावित क्षेत्रका १० हजार मानिसलाई अन्यत्र सारिएको छ । बाढीका कारण घरहरु डुबानमा परेपछि केही मानिसलाई घरका छतबाट हेलिकप्टर मार्फत् उद्दार गरिएको छ ।

नदीमा पानीको बहाब अत्यधिक भएपछि १४ वटा नदीको तट भत्किएर २३ वटा शहरमा बाढी पसेको छ । रेभेना शहरका मेयरले बाढीका कारण आफ्नो शहर चिन्नै नसक्ने अवस्थामा पुगेको बताउनु भयो ।

यसै साताका लागि तय गरिएको कार रेस फर्मुला वान ग्रान्ड प्रिक्स पनि बाढीकै कारण रद्द गरिएको छ । स्थानीय अधिकारी र आयोजक बीच भएको छलफलपछि प्रतियोगिता हुन नसक्ने निष्कर्ष निकालिएको हो ।

प्रभावित क्षेत्रमा अझै पानी पर्ने पूर्वानुमान गरिएकाले सो क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.