अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि भारतलाई

काठमाडौं- भारतले काजाकस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा काजाकस्तानलाई ३–० को सोझो सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो । भारतले काजाकस्तानलाई पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–२२ तथा तेस्रो सेट २५–१८ ले विजयी भयो ।
उक्त प्रतियोगितामा नेपाल तेस्रो स्थानमा रह्यो । आजै भएको तेस्रो स्थानको भीडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै विजयी भएको हो । त्यसैगरी प्रतियोगितामा श्रीलङ्का पाँचौँ, कीर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौ स्थानमा रह्यो ।  यही जेठ ८ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.