एसिसि एसिया कप क्रिकेट २०२३ को उपाधि भारतलाई, श्रीलंका १० विकेटले पराजित

एसिसि एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ । हिजो कोलम्बोमा भएको फाइनल भिडन्तमा घरेलु टोली श्रीलंकालाइ १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

भारतले पछिल्लो पटक २०१८ मा एसिया कप जितेको थियो । एसिया कपको फाइनलमा विकेटको आधारमा तय भएको यो सबैभन्दा ठूलो जित हो । श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले विना विकेट ६.१ ओभरमा पुरा गर्‍यो ।

भारतका लागि इशान किसनले नटआउट २३ रन र शुभमन गिलले नटआउट २७ रन जोडे। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भयो । बलिङमा भारतका मोहमद सिराजले ६ विकेट लिए ।

करिअरको उत्कृष्ट बलिङ गरेका उनले ७ ओभरमा एक मेडन राख्दा २१ रन खर्चिए । यस्तै हार्दिक पाण्ड्याले ३ विकेट लिए भने जसप्रति बुमराहले १ विकेट लिए । ५० रन श्रीलंकाको एकदिवसीय इतिहासकै दोस्रो कम योगफल हो ।

एकदिवसीय खेलमा श्रीलंकाको सबैभन्दा कम स्कोर भने २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध बनाएको ४३ रन हो । भारतले भने विगतमा ६ वटा एकदिवसीय र एक टि-२० सहित सात पटक उपाधि जितिसकेको छ ।

श्रीलंकाले पनि एशिया कपको उपाधि ६ पटक जितिसकेको छ । १६ औ सस्करणको एशिया कपमा नेपालले पनि सहभागिता जनाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.