नेपाल सुपर लिग आजदेखि सुरु

काठमाडौं- दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) आजदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपालको फ्रेन्चाइज फुटबल लिग एनएसएलमा यस पटक ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

संस्करणमा सहभागी ७ टोलीमध्ये यसपटक विराटनगर सिटी एफसी सहभागी छैन भने झापा एफसी, स्पोर्टिङ इलाम एफसी र वीरगञ्ज युनाइटेड थपिएका छन् । अन्य टोलीमा साविक विजेता काठमाडौं रेजर्स एफसी, साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसी छन् ।प्रतियोगिताको उद्घाटन खेल साविक विजेता काठमाडौं रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलाम एफसीबीच हुनेछ ।

इलामले लिगको गत सिजनमा काठमाडौंबाट खेलेका बिकेश कुथुलाई मार्की खेलाडीको रुपमा प्रस्तुत गरेको छ । यसैगरी इलाममा चार जना सेनेगलका खेलाडीहरु रहेका छन् । मिडफिल्डर हिसुव थपलिया मार्की खेलाडीको रुपमा रहेको काठमाडौंले भने पाँच जना विदेशी खेलाडीलाई खेलाउदैछ ।

सिंगल राउण्ड रोविनमा हुने लिगमा कुल ४० खेल हुनेछन् । जसमा लिग चरणमा हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । त्यसपछि प्लेअफमा चार खेल हुनेछ । जहाँ शीर्ष दुई टिमले क्वालिफायर खेल्नेछन् र विजेता फाइनलमा पुग्नेछ ।

यस्तै तेस्रो र चौथो हुनेले एलिमिनेटर खेल्नेछन् र यसको विजेताले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.