नेपाल सुपर लिगमा झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौंमा – नेपाल सुपर लिगमा आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ । सुपर लिगमा दुवै टोली नयाँ हुन् । काठमाडौंमा जारी दोस्रो संस्करणको एनएसएलमा यी दुई टोली भिड्दा यो ‘इस्टर्न डर्बी’ खेल हुनेछ । नयाँ टोली इलामले उद्घाटन खेलमै साविक विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो र १-० ले पराजित भयो । झापाको भने यो पहिलो खेल हो । राष्ट्रिय खेलाडि अन्जन विष्ट झापाको मार्की छन् । झापाको टिममा अन्जनसँगै राष्ट्रिय टिममा रहेका योगेश गुरुङ, छिरिङ लामा र लकेन लिम्बु पनि छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका आभास लामिछाने झापाको आइकोनिक प्लेअरको रुपमा छन् ।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका सुमित श्रेष्ठ पनि यस टिममा छन् । इलामको कप्तान तथा मार्कीमा गोलकिपर विकेश कुथु छन् । यस्तै इलाममा विकेशसँगै च्याम्पियन टिमका आशिष गुरुङ, विमल पाण्डे र आशिष राई छन् । इलाममा राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी भरत खवास, जितेन्द्र कार्की र नवीन लामा पनि छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.