भारतीय पर्यटकको गन्तव्य बन्दै इलामको गुफापताल

इलाम– १० वर्ष अघि इलामको सूर्योदय नगरपालिका २ स्थित गुफापताल क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा थिएन । नेपाल भारत सीमा क्षेत्रमा रहेको गुफापताल क्षेत्र अहिले भातरीय पर्यटकहरुको गन्तव्य बनेको छ । गुफापताल इलामको सूर्योदय नगरपालिका ४ मा अवस्थित छ । नेपाल भारतका भु–भागको दृश्य ३ सय ६० डिग्रिमा गुफापतालबाट देखिन्छ ।

गुफापताल भारतीय पर्यटकको गन्तव्यको क्षेत्र भएको हो । भारतको दार्जिलिङ भ्रमण गर्ने पर्यटकहरुको बास अहिले गुफापताल हुने गरको छ । गुफापतालबाट हिमाली दृश्य, भारतीय पर्यटकीय सहर, नेपाल भारतका ग्रामीण भु–भाग हेर्न पाउँदा आनन्द भएको भारतीय पर्यटक देव जनीले बताउनुभयो ।

समुदायको सक्रियतामा १० वर्ष अघि शुरु गरेको पर्यटन प्रवद्र्धनको अभियानले अहिले सफलता पाएको हो । समुदायको सक्रियतालाई तत्कालिन मेचि पर्यटन प्रवद्र्धन विकास समितिले पूर्वाधार निर्माण गरि सहयोग गरेको थियो ।

भ्यु पोइन्टका रुपमा विकास भएको गुफापतालबाट हिमश्रङ्खला, सूर्योदय, सूर्यास्त, नेपाल भारतका भु–भागको दृश्यमा पर्यटक रमाउने गरेको पर्यटन समितिका हर्कधन तामाङले बताउनुभयो ।

गुफापतालमा नेपाली पर्यटकहरु पनि पुग्ने क्रम बढेको छ । भारतीय पर्यटकहरुको आकर्षण बढेपछि यहाँ होमस्टे पनि संचालन भएका छन् । यहाँ भारतीय पर्यटन व्यवसायीले पनि जग्गा भाडामा लिएर होमस्टे संचालन गरेका   हुन् । गुफापतालमा अशोजदेखि बैशाखसम्म पर्यटक पुग्ने गरेका हुन् ।

सुमुन्द्र सतहबाट २ हजार मिटरमा अवस्थित गुफापताल भारतीय फिल्मकर्मीको सुटिङ क्षेत्र हो । यहाँबाट कंचनजंघा, कुम्भकर्ण हिमालको दृश्य यहाँबाट मज्जाले हेर्न सकिन्छ । अहिले दैनिक सय जना बढी पर्यटकहरु यहाँ पुग्ने गरेको स्थानीय सरु राईले बताउनुभयो ।

समुदायले गुफापताललाई पर्यटकीय गन्तव्य बनाउन ७ रोपनी जग्गा खरिद गरि गेष्ट हाउस, शौचालय र भ्यु टावर निर्माण गरेका थिए । हरियाली चिया बगानले भरिएको इलाम भित्रको गुफापतालबाट जता फर्केपछि प्राकृतिक सुन्दरमा रमाउन सकिने हो । नेपाल भारत सिमा क्षेत्रमा रहेको अग्लो डाँडो गुफापतालबाट पहाड, पर्वत, हिमाल, सूर्योदय र देशविदेशका सहर दृश्यावलोकन मज्जाले गर्न पाइन्छ ।

आधुनिक नेपालको सीमा छुट्टाउने मेची नदी मुहानको सिरमै अवस्थित गुफापतालबाट बिहानीको सुर्योदय र सुर्यास्तको दृश्यले हामी आनन्दित हुन्छ । गुफापतालबाट कुम्भकर्ण, कंचनजंङ्घा हिमश्रङ्खलाको दृश्य आँखै अगाडी    देखिन्छ । प्राकृतिक चुचुराहरुमा कोणधारी धुपि र हरियो चियाका बोटहरुबाट पर्यटकको मन फुरुङ्ग बनाउँछ । भारतका पर्यटकीय स्थलसँगै दार्जिलिङ्ग, कस्र्याङ, सिक्किमको दृश्यले आँखै अगाडि देखिँदा देशविदेशका पर्यटकको मन तान्न गुफापताल सफल देखिन्छ ।

इलामको सदरमुकाम पर्यटकीय क्षेत्र फिक्कल, पशुपतिनगर, कन्याम र तराई क्षेत्रको प्रष्टसँग गुफापतालबाट नियाल्न सकिन्छ । नेपाल र भारत छुट्याउन कोरिएको सीमा रेखामा पर्ने पर्यटकीयस्थल सन्दकपुर, छिन्टापु, सीमाना बजारका दृश्यले यहाँ पुग्ने जोकीलाई आनन्दित तुल्याउँछ । सुगौली सन्धि अघिको नागरिक गडि, टिस्टा नदि, दार्जिलिङका थुम्कामा गरिएको चिया खेति मात्रै हैन बंगालादेशसम्मको दृश्य एउटै डाँडाबाट देख्न सकिने भएपछि पर्यटकहरु आनन्दित हुने गरेका छन् ।

हजारौँ पर्यटनको मन तान्न सफल गुफापतालको ऐतिहासिक पक्ष रोचक   छ । परापूर्वकालदेखि प्राचिन शासक लेप्चाहरुले ज्ञान प्राप्तिका लागि गुफामा तपस्या गर्ने भएकाले गुफापताल नाम राखिएको हो । प्रथम विश्वयुद्धबाट फर्किएका नेपालीलाई व्यवस्थापनका लागि जंगल फाँडेर बस्ति विस्तार गरिएको क्षेत्र हो गुफापताल । बनभोजका लागि प्रख्यात गुफापताल नेपाल, भारत र भुटानका चलचित्र निर्माताको एक उत्कृष्ट छायाङ्कन स्थल हो ।

गुफापताल पुग्नका लागि सूर्योदय नगरपालिका २ स्थित पशुतिनगरबाट ७ किलोमिटर कच्चि सडकको यात्रा गर्नुपर्ने हुन्छ । नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरको फाटकबाट भारतीय सडक प्रयोग गरेर गुफापताल पुग्न सकिन्छ ।  गुफापताल पुग्ने अर्को बाटो सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कल छिरुवा हुँदै छब्बिसेबाट पनि पुगिन्छ ।  भारतीय चलचित्रकर्मीले गुफापताल क्षेत्र धतिको स्वर्गको उपमा दिएका छन् ।

 

लोपउन्मुख काँडे भ्याकुर, सुनगोहोरो, अनेकौँ प्रजातीका चारचुरुङ्गि, पुतलि, जडिबुटी र हरेक घरमा लहलह फुलेका फुलले यहाँको सौन्दर्यता झनै थपेको छ । नेपाल भारती सीमा क्षेत्र छुट्टयाउने मेची नदीको मुहानमा पाइने अनेक प्रजातिका पुतली, आवाजसँगै उड्ने चराचुरुङ्गीले देश विदेशका पर्यटकको मन लोभ्याएको छ । गुफापतालमा पर्यटकहरु पुग्ने सिजन कात्तिक, मंसिर, पुष, फागुन, चैत्र, र बैशाख महिना हो । देशविदेशका पर्यटकहरुको ध्यान तान्न सफल गुफापताल क्षेत्रको विकासका लागि अहिले स्थानीय अहिले सफल भएका छन् ।

समुदायले पर्यटक क्षेत्रको विकास गर्न सात रोपनी जग्गा खरिद गरि तीन कोठाको गेष्ट हाउस र शौचालय निर्माण गरेका थिए । पर्यटन पूर्वाधारका लागि तत्कालित मेचि पहाडी पर्यटन क्षेत्र विकास समितिले भ्यु टावर निर्माण गरिदिएको थियो । पूर्वाधार निर्माण र प्रचारप्रसारको काम गरिएपछि गुफापतालको विकासका लागि  निजी क्षेत्र आकर्षित भएका छन् । अहिले भारतीय पर्यटन व्यवसायीहरुले होमस्टे संचालनमा लगानी गरि भारतको उडिसा, मुम्बई, कलकत्ता, केरला लगायतका राज्यबाट दार्जिलिङ् घुम्म आउने पर्यटकको गुफापतालमा बास बसाएर नेपालका पर्यटकीयस्थलहरुको भ्रमण गराउँदै आएका छन् ।

गुफापताल क्षेत्रमा रहेका मठमन्दिर, सीवालयले धार्मिक पर्यटनको प्रवद्र्धनमा टेवा पुगेको देखिन्छ । पर्यटकीय क्षेत्रमा पर्यटकको आवगमन वृद्धिसँगै गाउँका आकर्षक र कलात्मक घरमा होम स्टेको विकास हुदैँ आएको छ । गुफापताल आएर रात बिताउन चाहाने पर्यटकका लागि स्थानीयका १० घरमा होमस्टेको विकास गरिएको छ । होमस्टेमा स्थानीतस्तरमै उत्पादन हुने खाध्यबालीबाट बनाएका परिकारको स्वादमा रमाउन पाइन्छ ।

गुफापताल पुग्न मेचीराजमार्गको फिक्कलबाट छिरुवा, मेचीबजार, छब्बिसेसम्मको यात्रा गर्नुपर्छ । गुफापताल फिक्किल बरबोटे कट्टेबुङ लालिखर्कहुँदै पुग्न सकिन्छ । सीमावर्ती पशुपतिनगरबाट भारतीय नम्बर प्लेटको सवारीसाधन रिर्जव गरि पनि सहजै  गुफापताल पुग्न सकिने गरेको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.