नेपाली महिला आन्दोलनको विकास : सम्भावना र चुनौती

काठमाडाै‌ – जनसंख्याको आधा हिस्सा ओगट्ने महिलाहरु समाजको अस्तित्व गति र रुपान्तरणका समान साझेदार हुन । सामाजिक विकासको कुनै अवस्थामा समाजको चरित्र मातृ सत्तात्मक थियो । परिवार र समाजको अगुवाई महिलाहरुलै नै गर्दथे ।

श्रम बिभाजन र निजित्वको विकाससंगै क्रमश : मातृसत्तात्मक समाजको चरित्र पितृ सत्तात्मक बन्नपुग्यो । महिलाहरु शासकबाट शासित बन्नपुगे । त्यसपछि उत्पिडन शुरुवात भयो । पितृसत्तात्मक उत्पिडनलाई जाहेज सावित गर्न धर्म कर्मका अरु आधारहरु थपिदै लगियो ।

हजारौ वर्षको उत्पडिन र विभेदकारी समाजब्यवस्थाले महिलारुलाई दोस्रो दर्जाको नागरिककौ रुपमादर्ज गरिदियो राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विभेदको अवस्थाले महिलाहरुलाई मनोबैज्ञानिक रुपमा समेत कमजोर तुल्यायो।
औधोगिक क्रान्तिको प्रकृयासंगै महिलाहरु जव घरबाट कारखानामा काम गर्न शुरु गरे तव देखि आफ्नो क्षमता र आफुमाथिभएको अन्यायको अनुभुति सघन रुपमा गर्न थाले महिलाहरुमा विकसित हुदै गएको यो चेतनाले प्रारम्भमा समान कामको समान ज्यालाको निम्ति संगठित रुपले आवज उठाउन प्रेरित गर्यो । त्यसपछि क्रमशः राजनीतिक र सांस्कृतिक अधिकारको प्रश्न उठ्दै गयो ।
फ्रान्सेली राज्य क्रान्तिसंगै स्वतन्त्रता, समानता र मातृत्वको विषय सम्वन्धि बहस शुरु भए पनि ब्यवहारतः महिलाहरुले समान अधिकारको उपयोग गर्ने वातावरण बन्न पाईरहेको अवस्था थिएन ।१९औं शताब्दीमा माक्र्सवादको जन्मसंगै समानताको एजेण्डा केवल वहसमा मात्र एजेण्डा नभएर कार्यन्वयनको एजेण्डा बनाउनु पर्ने परिस्थितिसमेत बन्दै गयो । यसै सन्दर्भमा विश्वव्यापि रुपमा समान कामको समान ज्याला पुरुष सरह समानहकको एजेण्डामा महिलाहरु आन्दोलित हुदै गए ।

सन् १९१७ मा सम्पन्न रुसी अक्टोवर क्रान्तिमहिलाहरुको जागरण, आन्दोलन र अधिकार उपभोगको दृष्टिले विशिष्ट मोड बन्नपुगयो । यसैको सेरोफेरोमा बिभिन्न नारीवादी दृष्टिकोणहरु समेत देखा पर्न शुरु गरे ।
दक्षिण एशियाली उपमहादिपमा मनुवादले महिलाहरुलाई दास्रो दर्जामा राख्ने बैचारिक आधारको कामगर्यो । बीसौं शताव्दिमा प्रारम्भ भएको लोकतान्त्रिक र समाजवादी आनदोलनको बहससंगै महिलाहरुमा जागरण र अधिकारको निम्ति आन्दोलनको बिजारोपण हुनथाल्यो ।
नेपालको सन्दर्भमा राणा शासन बिरोधि आन्दोलनसंगै शुरु भएको महिला आन्दोलन राजनीतिक आन्दोलनको बिकास संगै बिकसित र विस्तार हुदै गयो । बि.सं २००७ सालको राजनीतिक परिवर्तनसंगै मोतीदेबि श्रेष्ठ, मंगलादेबि सिंह लगायतकामहिला नेतृहरुले आफुलाई प्रत्यक्ष मोर्चामा सहभागि गराउन थाले। क्रमशःअन्य महिलाहरु पनि राजनीतिक र सामाजिक गतिबिधिहरुमा सहभागि हुन शुरु गरे ।

२०४६ सालमा आईपुग्दा महिला आन्दोलनले सामान्य आकार ग्रहण गर्न थाले पनि राज्यलाई दबाव दिने र राज्यको संरचनागत स्वरुपमा परिवर्तन गर्ने हदसम्म भने बिकसित हुन सकेको थिएन ।
२०५२ सालमा माओवादीको नेतृत्वमाभएको जनयुध्दको शुरुवात संगै महिलाजागरण गुणात्मक ढंगले वृद्घि भयो । राजनीतिक संगठन, सैन्य मोर्चा, उत्पादन र संघर्षका सबै क्षेत्रमा महिलाहरुले आफ्नो योग्यता र क्षमताको प्रदर्शन गर्ने अवसर प्राप्त गरे । देशका सबै वार्ड र टोलहरुबाट महिलाहरुले आन्दोलनमाआफुलाई सरिक बनाए ।

परिणामत : त्यो बेलाको राज्य समेतले महिलाहरुको स्वतन्त्रता, समानतातथा सहभागिताको अधिकारको सम्मान गर्न शुरु गर्यो । १० बर्षको जनयुद्दको जगमा संगठित भएको संयुक्त जन-आन्दोलनको सफलासंगै मुलुकमा समानुपनतिक समावेशी अधिकारको नयाँ अध्याय शुरु भयो । यस अर्थमा नेपाली जनयुद्द नेपाली महिला मुक्ति आन्दोलनको केन्द्रिकृत अभिव्यक्ति थियो । सशक्त महिला आन्दोलनले जनयुद्घमा ऐतिहासिक टेवा पुग्याे भने जनयुद्दको वैचारिक एवं राजनीतिक मार्ग दर्शनले महिला आन्दोलनलाई बिकसित र विस्तारीत हुने अवसर प्रदान गर्याे ।
नेपाली जनक्रान्तिको सफलताको परिणाम स्वरुप स्थापित भएको संघिय लोकतान्त्रिक गणतन्त्रले नेपाली महिला आन्दोलनका प्रतिफलहरुलाई संबैधानिक रुपमा लिपिबद्ध गरिदिएको छ । मिश्रित निर्वाचन प्रणाली मार्फत राज्यका सबै तहका जनप्रतिनिधिमूलक संस्थाहरुमा महिला सहभागिता गुणत्मक ढंगले बृध्दि भएको छ । त्यसैगरी समानुपातिक समावेशी मुल्यअनुरुप राज्यका सबै निकायहरु र अंगहरुमा महिला सहभागिता बढोत्तरी हुदै गएको छ । गैर सरकारी एवं नागरिक स्तरमा समेत महिला अधिकारको निम्ति वकालत गर्ने काममा उल्लेख्य प्रगति भएको छ । महिला आयोगले संबैधानिक मान्यता प्राप्त गरेको छ । महिलाहरुमा जागरण र आत्मबिश्वासको मात्रा बढ्दै गएको छ । महिला आन्दोलनका यी उपलब्धिहरु प्रति गर्व गर्नै पर्दछ ।
उपलब्धिको यो जगमा नेपालको महिला आन्दोलनको भविष्यलाई शुखद एवं उज्यालो रुपमा अपेक्षा गर्न सकिन्छ । महिलाहरु अधिकारको निम्ति सजक हुदै गएका मात्र होईनन् त्यसको उपभोगकालागि समेत आफुलाई तयार गर्दै लगिरहेका छन । राष्ट्रपति, प्रधानन्यायधिस, सभामुख, पार्टी प्रमुख, मन्त्रीहरु, सांसदहरु, उद्यमी, प्राज्ञिक, व्यक्तित्वको रुपमा महिलाहरुले उत्कृष्ट कार्य सम्पादन समेत गर्दै आएको अवस्थाले नेपालको महिला आन्दोलनको विकास र भविष्यलाई सकारात्मक रुपले प्रस्तुत गर्दछ । यो नेपाली आन्दोलनको उपलब्धि र संभावना पनि हो ।
हामीले उपलब्धि र सम्भावनाकोवारे चर्चा गरि रहँदा महिला आन्दोलन सामु खडा भएका चुनौतिहरुलाई नजर-आन्दाज भने गर्नु हुदैन । जनयुद्द र जनआन्दोलनको क्रममा स्थापित मानकहरु ओझेल पर्दै हुन की भन्ने चिन्ता बिभिन्न कोणबाट प्रकट हुनु गम्भिर विषय हो ।

संबिधानले निर्दिष्ट गरे बमोजिम कानुनी ब्यवस्था हुननसक्नु, समावेशीकरण र समानुपातिकतालाई कमजोर बनाउने गरी बहस उठ्न खोज्नु महिला आन्दोलनका चुनौतीहरु हुन् । यसको अन्तर्यमा परिवर्तनको अगुवाई गरेको क्रन्तिकारी पार्टीको भूमिका र स्थान केहि कमजोर बन्नुको परिणाम आन्दोलनले पैदा गरेका एजेण्डाहरुका रापताप घट्न पुगेको महसुस हुन्छ । यो नै वर्तमान महिला आन्दोलनको प्रमुख चुनौती हो । परिवर्तनकारी पार्टीलाई सवल बनाई परिवर्तनका एजेण्डा कार्यन्वयन हुन नसक्ने यथार्थलाई सबैले आत्मसाथ गर्नै पर्दछ ।

आठ मार्चले यहि रुपमा हामी सबैलाई प्रेरित गरोस् । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सबैमा हार्दिक शुभकामना ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.