मकै पोल्ने र सालको पात बेच्नेलाई बुटवल उपमहानगरपालिकाको सहयोग

बुटवल– बुटवल उपमहानगरपालिकाले मकै पोल्ने र सालको पात बेच्ने महिलाहरुलाई उपकरण खरिद तथा क्षमता विकासका लागि अनुदान उपलब्ध गराएको छ

उपमहानगरले परम्परागत पेशा व्यवसाय प्रवर्द्धनका लागि भुईं मान्छेहरुलाई सहयोग उपलब्ध गराएको हो ।शुक्रबार एक कार्यक्रमको आयोजनागरी बुटवलको विभिन्न स्थानमा मकै पोल्ने र सालको पात बेचेर जीवन गुजारा गरिरहेका ३७ जना महिलाहरुलाई जनही ५ हजारका दरले सहयोग उपलब्ध गराएको हो

कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल र प्रवक्ता शिव रानाले ३७ जनालाई सम्मानसहित रकम हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवललाई सबैले अपनत्व महसुस गर्ने गरी साझा सहरकारुपमा स्थापित गर्न र परम्परागत पेशा र व्यवसाय अंगालेका महिलाहरुलाई प्रोत्साहन गर्न केही सहयोग गरेको बताउनु भयो ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले महिलाहरुले आफ्नो पेशा र व्यवसायलाई थप प्रभावकारी बनाउन मदत हुने गरी सहयोग गरेको बताउन् भयो । कार्यक्रममा बुटवलका बिभिन्न स्थानमा मकै पोलेर तथा सालको पात बेचेर

जिविकोपार्जन गर्ने २० बर्षदेखि १ सय बर्षसम्मका महिला तथा पुरुषहरु सहभागि रहेको उपमहानगरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.