अन्तर्राष्ट्रिय टी-२० श्रृङ्खलाः नेपालले आज आयरल्याण्डको सामना गर्दै

काठमाडौं- नेपाल राष्ट्रिय पुरुष टोली र आयरल्याण्ड ए विचको अन्तराष्ट्रिय टी-२० श्रृङ्खला आजबाट सुरु हुदैछ । त्रिवि क्रिकेट मैदानमा आज नेपालले आयरल्याण्डको सामना गर्दैछ ।

श्रृङ्खलाको दोस्रो खेल भोली हुनेछ । त्यसपछी आयरल्याण्डको ए टोलीले नेपालको ए टिमसँग टी-२० र एक दिवसिय श्रृङ्खला खेल्ने तालिका रहेको छ । समग्रमा टेस्ट राष्ट्र आयरल्याण्डको ए टोलीले नेपालमा ८ खेल खेल्नेछ ।

नेपालको नेतृत्व रोहित कुमार पौड्यालले गर्नेछन् । क्यानले घोषणा गरेको नेपाल ‘ए’ टी–२० को टोलीमा भने विनोद भण्डारीको कप्तानीमा लोकेश बम, देव खनाल, पवन सर्राफ, लगायत रहेका छन् । आइसिसि टी-२० विश्वकप अघि नेपालले यस खेललाई तयारीका रुपमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.