इलाम २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता

काठमाडौँ- इलाम- २ मा शनिवार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले  अग्रता लिनुभएको छ ।

यसअघि सम्म काँग्रेसका उम्मेदवार डम्मर खड्काले अग्रता लिइरहनु भएको थियो । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार नेम्वाङले २ हजार ५४२ मत पाउनु भएको छ भने काँग्रेसका खड्काको २ हजार १९७ मत प्राप्त गर्नु भएको छ ।

यस्तै पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ५९३ मत पाउँदा रास्वपाका मिलन लिम्बुले ३ सय ७९ मत ल्याउनु भएको छ ।

फाकफोक थुम गाउँपालिकामा चार वटा वडाको मतगणना सकिएको छ।  बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही १२ बजेबाट मत गणना सुरु भएको हो ।

इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए ।

इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार ४ सय २१ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.