मिस माल्टालाई काठमाडौंमा भव्य स्वागत

काठमाडौँ- मिस माल्टा चेरिस स्पीटेरी नेपाल भ्रमणका लागि काठमाडौं आएकी छन् । उनी आज बिहान टर्किस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।

उनलाई नेपाल पर्यटन बोर्डलगायत बिभिन्न पर्यटन सम्बद्ध संघसंस्थाहरुको टोलीले पञ्जेबाजा बजाई स्वागत गरेका हुन् ।

मिस माल्टाको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने माल्टाका लागि नेपालको पर्यटन प्रबर्द्धक प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

नेपाल भ्रमणको लागि आउनुभएका मिस माल्टा चेरिस स्पिटेरीसहितको टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा स्वागत गरिँदै ।

टोलीमा मिस माल्टाका अतिरिक्त अन्य सदस्यहरु केस्टर्न बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु पनि छन् ।

नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर सामाजिक कार्य गर्ने बताइएको छ । उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुनेछन् ।

मिस माल्टाको टोली चितवनसहित विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने वृत्तचित्र पनि निर्माण गर्ने योजनामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता सोम सापकोटाले जानकारी दिनुभयो ।

हाल माल्टाबाट थोरै संख्यामा मात्र पर्यटकहरु नेपाल भित्रिने गरेका छन् । उपयुक्त प्रचार प्रसार हुन सके माल्टाबाट पनि नेपालमा पर्यटकहरु भित्रिन सक्ने सरोकारवालाहरुको भनाइ छ । टोली नेपाल भ्रमण पूरा गरी साउन २२ मा स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.