नेपाललाई ३ रनले हराउँदै कुवेतले जित्यो उपाधि

काठमाडौँ- हङ्कङ्गमा जारी चारदेशीय टी-२० आई सिरिजको उपाधि कुवेतले जितेको छ ।
केहिबेर अघि सकिएको खेलमा कुवेतले नेपाललाई ३ रनले हराएको हो ।
कुवेतले दिएको १ सय ७५ रनको लक्ष्य पच्छाएको नेपाल ३ बल बाँकी हुँदा अल आउट भएपछि खेल कुवेतले जितेको हो ।
लक्ष्य पछ्याउने क्रममा नेपालले १९ दशमलव ३ ओभरको खेलमा १ सय ७१ रन बनाएको थियो ।
सुरुवाती इनिङ फितलो भएपनि बसिर अहमदले पारी सम्हाल्दा खेल रोमाञ्चक मोडमा पुगेको थियो ।
आजको खेलमा बसरी अहमदले ८ चौका र ४ छक्काको मद्दतले ८० रन बनाउनु बाहेक अन्य खेलाडी खासै जम्न सकेनन ।
कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी शुन्य रनमा आउट भए भने कप्तान रोहित पौडेल ७ रनमा आउट हुँदा नन्दन यादवले ३७ र आसिफ शेखले २१ रन जोडे ।
कुवेतका अनुदिपले ३, यसिन पटेल र नविनराज राजेन्दरनले २/२ विकेट लिएका थिए । त्यस अघि पहिलो इनिङमा कुवेतले ७ विकेटको क्षतीमा १ सय ७४ रनको योगफल तयार गरेको थियो ।।
प्रतिक्रिया राख्नुहोस्