मौरी पालक किसानलाई घार प्रदान

नुवाकोट-  नुवाकोटको तादी गाउँपालिकाले मौरी पालक किसानहरूलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । मौरी पालन विस्तार गर्नका लागि मौरी घार प्रदान गरेको छ ।
 तादी गाँउपालिका  ३ स्थित राउचुली मौरी पालक कृषक समूहका सदस्यहरूलाई मौरी घार प्रदान गरिएको हो । तादी गाँउपालिकी उपाध्यक्ष सज्नु प्याकुरेलले एक सय पाँच थान मौरी घार किसानहरूलाई हस्तान्तरण गर्नुभयो ।
उहाँले यस कार्यक्रमबाट स्थानीयस्तरमा मौरी पालन व्यवसायको प्रवर्द्धन भएको, किसानले स्वरोजगार पाएको, आत्मनिर्भरताको अभिवृद्धि भई स्थानीय कृषकहरूको आय आर्जन  वृद्धिमा सहयोग पुग्नुको साथै जीविकोपार्जनमा समेत सहज भएको बत्ताउनुभयो ।
यसवाट  स्थानीय मौरी पालक कृषकहरू लाभान्वित भएका छन् ।
स्थानीय कृषकहरूको आयस्रोत वृद्धि, स्वरोजगार सिर्जना र आत्मनिर्भरतामा टेवा पु¥याउन तादी गाउँपालिका ले मौरी पालन व्यवसायलाई प्राथमिकता दिएको छ । गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले मौरी घार वितरणबाट कृषकहरूको जीविकोपार्जन विस्तार र सहज हुनुका साथै  उनीहरूको आर्थिक उन्नतिमा सहयोग पुग्ने दाबी गर्नुभयो ।
 
मैरीपालक कृषकहरूले खुसी हुँदै आगामी दिनमा मौरी पालन व्यवसायमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  तादी गाउँपालिका नुवाकोटको पर्यटकीय गाउँपालिका समेत हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.