आईपीएलमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै सनराईजर्स हैदराबाद विजयी

काठमाडौं- इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत गएराति भएको खेलमा सनराईजर्स हैदराबाद विजयी भएको छ ।

यूएईको शेख जायद रंगशालामा भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले प्रतियोगितामा आफ्नो पहिलो जित हात पार्‍यो । टस हारेपछि ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६२ रन बनाउन सफल भयो ।

१ सय ६३ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको दिल्लीले सात विकेट गुमाउँदै १ सय ४७ रन मात्र जोड्न सक्यो । हैदराबादको जितमा कप्तान डेभिड वार्नरले ४५ रन र जोनी बेयरस्टोले ५३ रनको योगदान गरे ।

हालसम्म तीन खेल खेलेको हैदराबाद यसअघिका दुई खेलहरूमा पराजित भएको थियो भने नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध दिल्ली यसअघिका दुवै खेलमा विजयी भएको थियो ।

सन्दीप भने हिजोको खेलमा पनि प्लेयिङ इलेभेनभित्र परेनन्। यसैबीच आईपीएलअन्तर्गतको बाह्रौँ खेलमा आज राजस्थान रोयल्स तथा कोलकाता नाईट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.