नोभाक जोकोभिच र विश्व नम्बर राफेल नाडाल भीड्दै

टेनिस खेलको विश्व वरीयता क्रममा नम्बर १ मा रहेका नोभाक जोकोभिच र विश्व नम्बर राफेल नाडाल १ सय २४ औं फ्रेन्च ओपनको फाइनलमा भोलि भिड्दैछन् ।

गए राति सम्पन्न पहिलो सेमिफाइनलमा खेलमा नाडालले अर्जेन्टिनाका डिएगो स्वारट जमान माथि ६ -३ ,६ -३ , र ७-६ को सोझो जीत निकालेका थिए भने जोकोभिच र सिसिपासको दोस्रो सेमिफाइनल खेल भने निकै नै रोमाञ्चक रह्यो । पहिलो दुई सेट ६-३ र ६-२ ले हारेका सिसिपासले तेस्रो र चौथौ सेटमा ७-५ र ६-४ को नतिजा आफ्नो पक्षमा पारेपछि खेलको ५ औं तथा अन्तिमा सेटमा भने विश्व नम्बर १ जोकोभिचले आफ्नो अनुभव र धैर्यता प्रयोग गर्दै ६-१ को फराकिलो जीत निकाले ।

पुरुष सिङ्गल फाइनलमा अब जोकोभिच र नाडाल भिड्नेछन् । यस्तै महिला तर्फ भने विश्व नम्बर ४ अमेरिकी सोफिया केनिन र आफ्नो खेल जीवन कै सबैभन्दा महत्वपूर्ण खेल खेल्न गइरहेकी बरियतामा ५४ औं स्थानमा रहेकी पोल्यान्डकी इगा सिमाटेक शनिबार फाइनलमा भिड्दैछन् । सो खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेट जाँदा सुरु हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.