स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्‍याउन स्वास्थ्य मन्त्रीको प्रस्ताव 

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउनु पर्ने प्रस्ताव गर्नु भएको छ ।

आइतबार मन्त्रालयमा पत्रकार सममेलन गर्दै मन्त्री पौडेलले हाल १ लाख रुपैयाँ रहेको बीमाको दायरा बढाएर कम्तिमा पाँच लाख पुर्याउने प्रस्ताव गर्नु भएको हो ।

कर कोषबाट ल्याएर बीमामा रकम थप गरेर भएपनि स्वास्थ्य बीमाको रकम बढाउनु उहाँको प्रस्ताव छ ।

त्यसै गरी मन्त्री पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने पनि बताउनु भयो ।

अहिले दुई वटा प्रदेशमा मात्रै क्यान्सर उपचार सेवा संचालनमा रहेकोमा त्यसलाई सातै प्रदेशमा लैजाने सरकारको तयारी रहेको मन्त्री पौडेलले जानकारी गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.