भियतनाममा आँधीका कारण नौ जनाको मृत्यु
दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा भियतनाममा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
आँधीका कारण भियतनामको विभिन्न तटीय क्षेत्रमा भवनका छाना उडाएको, डुङ्गा डुबाएको र पहिरो गएको बताइएको छ ।
उत्तरी भियतनामको पहाडी क्षेत्र होआ बिन्ह प्रान्तमा आज बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।
उत्तरी भियतनाममा शनिबार १४९ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले भौतिक संरचनामा व्यापक क्षति गर्नुका साथै ठाउँठाउँमा रूखहरू ढालेको छ ।
हिजो हुरीले घरका छानालाई उडाएर टाढाटाढासम्म पुर्याएको र हुरीका कारण भएका दुर्घटनामा चार जनाको मृत्यु भएको विपद व्यवस्थापन अधिकारीले बताएका छन् ।
स्थानीय बासिन्दाका अनुसार तुआन चाउ टापुमा रहेको हाई औ नामक डुङ्गा पार्किङ गर्ने स्थानमा कम्तीमा २३ वटा डुङ्गामा गम्भीर क्षति पुगेको छ ।।
प्रतिक्रिया राख्नुहोस्