भारतीय सहयोगमा चण्डीडांडामा स्वास्थ्य चौकी भवन निर्माण

नुवाकोट-  उपचार सेवाको लागि नुवाकोटको मदानपुरको चण्डीडाडामा पक्की स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । भवन निर्माणपछि स्वास्थ्यकर्मीलाई सेवा प्रदान गर्न र बिरामीलाई सेवा लिन सुविधा भएको छ ।
बेलकोटगढी नगरपालिका १२ चण्डीडाँडामा मदानपुर स्वास्थ्य चौकीको नवनिर्मित पक्की भवनको उद्घाटन गरिएको छ । छिमेकी भारत सरकारको सहयोगमा भूकम्प पुनर्निर्माण कार्यक्रमअन्तर्गत सो स्वास्थ्य चौकी भवन निर्माण गरिएको वेलकोटगढी नपा कार्यालयले जनाएको छ ।
कार्यालय, स्वास्थ्य केन्द्र र आवास हित रहेको दुई तल्ले भवन पूर्व स्वास्थ्यमन्त्रि तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले नवनिर्मित भवनको उद्घाटन गरे । भवनको नाम नेपाल भारत मैत्री भवन राखिएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका नेतासमेत रहेका केसीले वर्तमान सरकारले जनतामा देखिएको निराशा चिरेर नयाँ बाटो अवलम्बन गर्नुपर्ने वताउनुभयो । जनताको निराशालाई आशामा बदल्न नसके काँग्रेस एमाले दुवै असफल हुनेसमेत केसीले दाबी गर्नुभयो ।
नेता केसीले मुलुकमा स्थायित्वका लागि काँग्रेस र एमालेको गठबन्धनवाट सरकार वनेको जनाउँदै यसले जनताको विश्वास प्राप्त गर्नका लागि देशको अवस्थामा परिवर्तन ल्याउन सक्नुपर्नेमा जोड दिनुभयो ।
भवन उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य जगदीश्वर नरसिंह केसी, नेकपा एमालेका केन्द्रीय सदस्य केशवराज पाण्डे, बेलकोटगढी नगरपालिकाका मेयर जगतवहादुर गुरुङ, उपमेयर शिवप्रसाद दाहाल, पूर्व मेयर राजेन्द्र रमण खनाललगायतले भवन निर्माणले स्वास्थ्य उपचारमा सुविधा पुगेको वताउनुभयो  । कार्यक्रममा स्वास्थ्य चौकी निर्माणका लागि जग्गा दान गर्ने, स्वास्थ्य क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिहरू, स्वयंसेविकाहरूलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.