नेदरल्याण्डका राजाद्वारा आप्रवासन नीतिमा कडाइ गर्ने घोषणा

एजेन्सी – नेदरल्याण्ड्सले संसदीय वर्षको परम्परागत उद्घाटन समारोहमा आफ्नो वार्षिक भाषण दिने क्रममा नेदरल्याण्ड्सले कडा आप्रवासन नीति अपनाउने राजा विलेम–अलेक्जेन्डरले बताउनुभएको छ ।

नयाँ संसद्ले प्रधानमन्त्री डिक सुपको नेतृत्वमा नयाँ गठबन्धन सरकारलाई स्वागत गरेको छ । परम्परागत रूपमा, संसदीय वर्षको पहिलो दिन सेप्टेम्बरको तेस्रो मङ्गलवार हेगको डच प्रशासनिक केन्द्रमा आयोजित गरिएको थियो ।

जुलाईमा पहिलो पटक गठन भएको नयाँ सरकारमा पार्टी फर फ्रीडम , नयाँ सामाजिक सम्झौता, पिपुल्स पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसी , र किसान–नागरिक आन्दोलन थिए ।

गत शुक्रवार गठबन्धनले आफ्नो नीति कार्यक्रम प्रस्तुत ग¥यो, जसले शरण र आप्रवासनमा बलियो नियन्त्रणलाई प्राथमिकता दिएको छ । आफ्नो सम्बोधनमा यो भावनालाई प्रतिनिधित्व गर्दै राजा विलेख– अलेक्जेन्डरले आगामी वर्षहरूमा शरण सङ्ख्या घटाउने सरकारको मनसायलाई जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.