सप्तरीमा एक युवक मृत भेटियो

सप्तरी –  सप्तरीमा एक युवक मृत अवस्था फेला परेका छ ।

जिल्लाको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा–६ स्थित महुलीमा बुधवार एक युवक मृत अवस्थामा भेटिएको छ ।

अग्नीसाईर कृष्णासवरन वडा–६ मोहनपुर बस्ने रामकाजी पोखरेलको छोरा अन्दाजी २८ वर्षीय ईश्वर पोखरेल बिहान ७ बजे मृत फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

महुली बजारदेखि ३ सय मिटर पूर्व स्थानीय घुरण चौधरीको धान खेतको आलीमा पोखरेल मृत भेटिएको प्रहरीले जनाएको छ । युवक खेतको आलीमा ढलेको देखेर स्थानीयले खबर गरेपछि प्रहरी घटना स्थल पुग्दा उनी मृत अवस्था भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घटना स्थलमा प्रहरी अनुसन्धान टोली खटाई घटना बारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.