नेपालले आज क्यानाडासँग प्रतिस्पर्धा गर्ने

काठमाडौं – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ ।नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसारआज पौने ९ बजे किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ ।

त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग हार बेहोरेको थियो ।

नेपाल यसअघिको खेलमा क्यानडासँग कमजोर ब्याटिङका कारण पराजित भएको थियो । यो खेलमा अघिल्लो खेलको कमजोरीलाई‌ सुधार गर्ने प्रयासमा नेपाली टोली रहनेछ ।

लिग टुको अंक तालिकामा नेपाल ६ खेलमा २ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।क्यानडा १० खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ । त्रिकोणात्मक ओडिआई सिरिज असोज १० सम्म हुनेछ। त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको चौथो खेल असोज ८ गते ओमानविरुद्ध रहेको छ ।

ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा नै टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ । त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.