चेल्सी एफफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

काठमाडौं, श्रावण ०५:एफफए कप फुटबल प्रतियोगिताको फाइनलमा चेल्सी प्रवेश गरेको छ । वेम्बली रंगशालामा गएराति भएको दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडलाई एकका विरुद्ध तीन गोलले पराजित गर्दै चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफको इन्जुरी टाइममा पहिलो गोल गर्दै ओलिभर जिरुडले चेल्सीलाई अग्रता दिलाएका थिए । अर्को गोल दोस्रो हाफको ४६ औँको मिनेटमा मासन माउन्टले गरेका थिए । म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मग्वाएरले ७४औँ मिनेट आत्मघाती गोल गरेपछि चेल्सी ३-० को स्थितिमा पुगेको थियो। युनाइटेडका तर्फबाट एकमात्र गोल ८५औँ मिनेटमा ब्रुनो फर्नान्डेसले पेनल्टीमार्फत् गरेका थिए । अब चेल्सीले उपाधिका लागि अगस्ट १ मा हुने फाइनलमा आर्सनलसँग भिड्नेछ । आर्सनल साविक विजेता म्यानचेस्टर सिटीलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। यसअघि २०१८ मा एफए कप जितेको चेल्सीले हालसम्म ८ पटक एफए कपको उपाधि उचालिसकेको छ। आर्सनलले अन्य क्लबले भन्दा सबैभन्दा धेरै- १३ पटकसम्म एफए कप जितेको छ ।।





प्रतिक्रिया राख्नुहोस्