बागमती प्रदेश सभा बैठक बस्दै, बजेटमाथिको छलफल सुरु हुने

 मकवानपुर –  बागमती प्रदेश सभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकबाट प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने कार्यसूचि रहेको छ ।

प्रदेश सरकारले गत असार १ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८२÷८३ को विनियोजन विद्येयकमाथि छलफल हुने कार्यसूची रहेको बागमती प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले बताउनुभयो । यसअघि असार १२ गते बिहन ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको थियो ।

बागमती सरकारले आगामी आर्थिक वर्ष ०८२÷८३ का लागि कुल रु. ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । बजेटप्रति सत्ता पक्षका सांसदहरुले नै असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.