गोरखाको ४ सामुदायिक बन सम्मानित

गोरखा –  गएको आर्थिक वर्षमा राम्रो काम गरेकोभन्दै जिल्ला भित्रका ४ वटा सामुदायिक बन सम्मानित भएका हुन ।

सम्मानित हुनेमा पालुङ टार नगरपालिका–९ को कुसुण्डे ईमडाँडा, भीमसेन थापा गाउँपालिका–४ को कालिका, अजिर कोट गाउँपालिका–१ को कामधेनु र गोरखा नगरपालिका–२ को शिखर गँगटे सामुदायिक बन उपभोक्ता समूह रहेका हुन ।

उनीहरू क्रमशः.प्रथम, द्वितीय, तृतिय र सान्त्वना भएका थिए ।

उनीहरूलाई डिभिजन बन कार्यालय गोरखाले एक कार्यक्रम बिच सम्मान सहित प्रमाणपत्र–पत्र र नगद सहित सम्मान गरिएको डिभिजन बन कार्यालय गोरखाका बन अधिकृत तथा सूचना अधिकारी सागर खतिवडाले बताउनु भयो

‘कार्यालयको वार्षिक कार्य योजना अन्तर्गत राम्रो काम गर्ने सामुदायिक बनलाई सम्मान गरिएको हो’ उनले भने ‘हामीले चार भिन्न सूचकमा आउनेलाई सम्मान गर्दै आएका छौ ।’

कार्यालयले सम्मानित हुने सामुदायिक बनको उचित संरक्षण, संबद्र्वन, सदुपयोग र व्यवस्थापनको कामलाई मूल्याङ्कन गरेर सम्मानित गरेको सूचना अधिकारी खतिवडाले जानकारी दिनु भयो ।

कार्यालयले आयोजना गरेको पुरस्कार वितरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त समूहलाई आव ०८१–०८२ मा राम्रो काम गरेको भन्दै सम्मान गरिएको डिभिजन बन कार्यालयले जनाएको छ ।

सम्मानित हुने सामुदायिक बनहरूले क्रमशः. ८, ५, ३ र २ हजार नगदका साथै सम्मान र प्रमाण पत्र पाएका हुन ।

सम्मानित हुने सबैलाई जिल्ला समन्वय समिति गोरखाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि मोहन बहादुर थापा मगरले सम्मान सहित प्रमाण पत्र र नगद प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.