टी-ट्वन्टी विश्वकप एक बर्ष पछि सर्‍यो

काठमाडौं,श्रावण ०६:कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण अष्ट्रेलियामा यस वर्ष आयोजना हुने तय भएको आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिता एक वर्ष पछाडि सारिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद- आईसीसीले जनाएको छ । यही वर्षको अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म आयोजना हुने भनिएको उक्त प्रतियोगिता अब सन् २०२१ को सोही अवधिमा हुनेछ। त्यस्तै सन् २०२१ मा भारतमा हुने तय भएको टी-ट्वान्टी विश्वकप क्रिकेट भने सन् २०२२ मा आयोजना गरिनेछ। टी-ट्वान्टी विश्वकप प्रतियोगिता पछाडि धकेलिएसँगै पूर्वनिर्धारित अन्य क्रिकेट प्रतियोगिताहरूको तालिकामा पनि हेरफेर भएको छ ।  सन् २०२३ को फेब्रुअरी र मार्चमा भारतमा हुने तय भएको ५० ओभरको विश्वकप क्रिकेट प्रतियोगिता सोही वर्षको अक्टोबर र नोभेम्बरका लागि सारिएको आईसीसीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.