‘कुमाता’ दोस्रो संस्करण बजारमा

चितवन- कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथासङ्ग्रह ‘कुमाता’ को दोस्रो संस्करण बजारमा आएको छ ।

‘पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमात हुन्नन् ’ भन्ने कथनलाई कथासङ्ग्रहले भताभुङ्ग बनाउँदै समाजमा विद्यमान विकृति तथा विसङ्गतिलाई मूल केन्द्रमा राखेको छ । सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानका विषय वस्तु समेटिएको सो कथासङ्ग्रह गत फागुन २६ गते पहिलोपटक सार्वजनिक भएको थियो । छोटो अवधिमा दोस्रो संस्करण प्रकाशन भएको हो ।

मोफसलमा रही दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएका सञ्चारकर्मी पराजुलीका कथासङ्ग्रहलाई भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको हो ।

कथासङ्ग्रह भित्रका विभिन्न शीर्षकका दश कथाले अवैधानिक रुपमा गर्भधारण गरेका कारण कयौँ नवजात शिशुको हत्या गर्न विवश छन् माताहरु भन्ने तथ्यलाई सरल, आकर्षण र जीवन्त रुपमा प्रस्तुत गरेको छ । पुस्तकले समाजको यथार्थतालाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएकाले पाठकको रोजाइ वढी हुँदा छिट्टै दोस्रो संस्करण छाप्नुपरेको प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिनुभयो । गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भ कथाका वरिपरि रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.