मुख्यमन्त्री शाहद्वारा पाँच वटा सडक दुई वटा पुल निर्माणको आयोजना सुरुवात

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले पाँच वटा सडक निर्माण कार्यको शुभारम्भ तथा दुई वटा पुल निर्माणको शिलान्यास गर्नुभएको छ।  मुख्यमन्त्री शाहले लम्किचुहा-१ र मोहन्याल-७ मा पर्ने लम्की खानेपानी देखि राज काँडासम्म सडक कालोपत्रे,  लम्किचुहा रिङ रोड (अमौरा-थापापुर-चौरि-चाकावाडी हुँदै सेती लोक मार्ग), लम्किचुहा, जानकी र टीकापुर न.पा. जोड्ने डुँडेझारी-टीकापुर सडक स्तरोन्नति, महेन्द्र राजमार्ग-इन्टेक हाइड्रो-कटासे-खैरिफाँटा-जगतपुर हुँदै टीकापुर जोड्ने रणनीतिक मार्ग (केशर मार्ग), मोहन्याल गा.पा.-०७ को चिसापानी-सोल्टा सडक स्तरोन्नति आयोजना सूचना पाटी अनावरण, रिबन काटी निर्माण कार्यको प्रारम्भ तथा मोहन्याल गा.पा.– ७ मा पर्ने साँघुरे खोला, बादे खोलामा निर्माण गरिने पुलको शिलान्यास गर्नु भएको हो ।

 

सुदूरपश्चिम प्रदेश सरकारले सडक तथा पुल निर्माणका लागि आर्थिक वर्ष २०८१/०८२ मा बजेट विनियोजित गरेको थियो । लम्की खानेपानी देखि राज काँडासम्म सडक कालोपत्रेको लागत अनुमान रकम ६ करोड ६० लाख ९५ हजार ९ सय १४ रुपैयाँ  रहेको छ, भने आयोजनाको सम्झौता रकम ४ करोड ५६ लाख ९३ हजार ४ सय ४० रुपैयाँ ६० पैसा रहेको छ ।२०८२/०३/१७ गते सम्झौता मिति रहेको आयोजना २०८३/९/२५  (१ वर्ष ६ महिना ९ दिन) सम्पन्न गर्नुपर्ने छ । २.६ कि.मि. सडकको लम्बाई रहेको सडक निर्माणको जिम्मा एस.सी. एस.एन.एस. एच.बि. जे भी, सुर्खेतले लिएको छ ।

लम्किचुहा रिङ रोड (जानकी गा.पा. को सिमाना अमोरा, थापापुर, चौरी, चाकाबाडी हुँदै सेती लोक मार्ग सम्म) को लागत अनुमान रकम ५ करोड ७९ लाख ६४ हजार २ सय १४ रुपैयाँ ३२ पैसा रहेको छ भने आयोजनाको सम्झौता रकम  ४ करोड ३९ लाख ६४ हजार ५ सय ३० रुपैयाँ रहेको छ । २०८२/०३/१७ गते सम्झौता मिति रहेको आयोजना २०८३/०३/२५ मा आयोजना सम्पन्न गर्नुपर्ने छ । निर्माण व्यवसायी तुलसी / नीराजन जे भी टीकापुर न. पा.-१, कैलालीले जिम्मा लिएको सडकको लम्बाई : २.७ कि. मी. रहेको छ ।

यस्तै  डुंडेझारी टीकापुर सडक स्तरोन्नतिको लागत अनुमान रकम ९ करोड ०८ लाख १८ हजार ५ सय ०५ रुपैयाँ रहेको छ भने यो आयोजनाको सम्झौता रकम ६ करोड ०९ लाख २० हजार ८ सय ७७ रुपैयाँ ३५ पैसा रहेको छ । २०८२-०३-२५ मा सम्झौता भएको आयोजनाको सम्पन्न मिति २०८३-०९-२४ (१ बर्ष ६ महिना) रहेको छ । के. एन. एस./अघि / श्रीपुर जे.भी. काठमाण्डौंले निर्माण जिम्मा पाएको सडकको लम्बाई ३.५ कि.मि. रहेको छ । केशर मार्ग महेन्द्र राजमार्ग इन्टेक हाइड्रो, कटासे खैरिफाँटा जगतपुर टीकापुर जोड्ने जोडने रणनीतिक मार्ग) को लागत अनुमान रकम ८ करोड २६ लाख ६२ हजार ३४ रुपैयाँ ३२ पैसा रहेकोमा सम्झौता रकम ५ करोड ६२ लाख ६६ हजार ४ सय ७८ रुपैयाँ ७५ पैसा रहेको छ ।

 

सम्झौता मिति २०८२/०३/१७ गते रहेको आयोजना २०८३/९/२५ (१ वर्ष ६ महिना ९ दिन) मा सम्पन्न गर्नुपर्ने छ । एस.सी. एस.एन.एस. एच.बि. जे भी, सुर्खेत निर्माण कम्पनी रहेको सडकको लम्बाई २.७ कि.मि. रहेको छ । चिसापानी-सोल्टा सडक स्तरोन्नति लागत अनुमान रकम ९ करोड ९९ लाख १२ हजार ३ सय २३ रुपैयाँ ५६ पैसा रहेकोमा सम्झौता रकम ६ करोड ६ लाख ९९ हजार ८ सय ९५ रुपैयाँ ४८ पैसा रहेको छ । २०८२-०३-१७ मा सम्झौता मिति रहेको आयोजना सम्पन्न गर्नुपर्ने मिति २०८३-०५-१६  (१ वर्ष ६ महिना) रहेको छ । निर्माण व्यवसायी हिम सगरमाथा कन्स्ट्रक्सन प्रा. ली. भरतपुर – १०, चितवनले जिम्मा पाएको सडकको लम्बाई २.४ कि. मि. रहेको छ ।

 

 

यस्तै मुख्यमन्त्री शाहले दुई वटा पुलको सिलान्यस गर्नु भएको छ । साँघुरे खोला सडक पुलको लागत अनुमान रकम १५ करोड ६७ लाख १५ हजार ६ सय ६२ रुपैयाँ ५८ पैसा रहेकोमा सम्झौता रकम ११ करोड २१ लाख ६७ हजार ८  सय ६८ रुपैयाँ १३ पैसा रहेको छ । सम्झौता मिति २०८२-०३-१७ रहेको आयोजना सम्पन्न गर्नुपर्ने मिति २०८४-०३-१६ (२ वर्ष) निर्माण व्यवसायी : हिम सगरमाथा कन्स्ट्रक्सन प्रा. ली. भरतपुर १०. चितवनले जिम्मा पाएको पुलको लम्बाई र स्पान विवरण: ५० मि. (२) स्पान) रहेको छ । त्यसै गरी वादे खोला सडक पुल डिजाइन तथा निर्माण अनुमान रकम १७ करोड ४६ लाख १४ हजार ४ सय २४ रुपैयाँ ०८ पैसा रहेको परियोजनाको सम्झौता रकम १२ करोड ६० लाख ८० हजार ३१ रुपैयाँ २५ पैसा रहेको छ । २०८२-०३-१७ सझौता मिति रहेको परियोजना २०८४-०३-१६ (२ वर्ष) मा सम्पन्न गर्नुपर्ने छ ।  निर्माण व्यवसायी हिम सगरमाथा कन्स्ट्रक्सन प्रा. ली. भरतपुर – १० चितवनले जिम्मा लिएको पुलको लम्बाइ र स्पान विवरण: १०० मि. (२ स्थान) रहेको छ ।

 

सडक निर्माण कार्यको प्रारम्भ र दुई पुलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चुनावी समयमा जनतासँग गरेका वाचा अनुरूप विकासका कार्यलाई तीव्रता दिएको बताउनु भयो । आफ्नो क्षेत्रका जनताको वर्षौँदेखिको आवश्यकता—सडक तथा पुलको अभाव—समाधान गर्न प्रदेश सरकारले दृढ प्रयास थालेको उहाँको भनाई थियो । मुख्यमन्त्री शाहले अब सुदूरपश्चिमलाई सधैँ पिछडिएको क्षेत्र भन्ने दृष्टिकोणबाट होइन, विकासको गतिमा अगाडि बढिरहेको सम्पन्न प्रदेश का रूपमा पहिचान गरिने वातावरण तयार पार्नुहुँदै आफू अघि बढिरहेको बताउनु भयो। पहाडका दुर्गम कुना–काप्चाबाट विकासलाई गति दिन प्रदेश सरकार निरन्तर सक्रिय रहेको उहाँको भनाइ थियो।

 

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिएर काम अघि बढिरहेको भन्दै उहाँले यस क्रममा विभिन्न कोणबाट प्रदेश सरकारबारे गलत भ्रम फैलाउन खोजिएको आरोपसमेत लगाउनु भयो । उहाँले फुकोट कर्णाली, लोअर कर्णाली, अपर कर्णाली लगायतका हाइड्रोपावर परियोजनामा पनि प्रदेश सरकार सहकार्यका लागि तयार रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँगको साझेदारीमार्फत सुदूरपश्चिमको विकासलाई गति दिन प्रयास भइरहेको उहाँको भनाइ थियो।

 

योजना कार्यान्वयनमा सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताउँदै मुख्यमन्त्री शाहले जन निर्वाचित प्रतिनिधि मात्र होइन, स्थानीय समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने स्पष्ट पार्नुभयो। हालै सुदूरका पहाडी जिल्लाहरूको अनुगमन गरेपछि उहाँले धेरै क्षेत्रहरू अझै सडक, विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पहुँचबाट वञ्चित रहेको बताउनु भएको थियो । ती क्षेत्रहरूको विकासलाई प्राथमिकतामा राखिएको उहाँले उल्लेख गर्नुभयो।

 

शिलान्यास कार्यक्रममा कैलाली क्षेत्र नं. २ तथा मोहन्याल गाउँपालिका–सुगरखालका स्थानीयवासीले मुख्यमन्त्री शाहलाई बाजागाजा र फूल मालासहित भव्य स्वागत गरेका थिए। वर्षौँदेखि कच्ची अवस्थामा रहेको १२–१३ किलोमिटर लामो चिसापानी–सुगरखाल–सोल्टा सडकका कारण विशेष गरी बर्सातको समयमा यातायातको समस्यामा परिरहेका स्थानीयवासी दुई नयाँ पुल निर्माण हुने भएपछि अब सहज हुने आशामा रहेका छन्। यसले स्थानीय आवत–जावतसँगै पर्यटन र पर्यावरणमै पनि सकारात्मक प्रभाव पर्ने जनाइएको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.