कोरियाली डाक्टरद्वारा बाढी पीडितलाई सहायता

काठमाडौँ- कोरियाली डाक्टरहरुको संस्था कोरियन मेडिकल एशोसियसनले नुवाकोटका बाढी पीडितहरुका लागि राहत सामग्री प्रदान गरेको छ । विदुर नगरपालिका-१ का २ सय २० परिवारको लागि जाडोमा प्रयोग हुने ब्ल्याङ्केटलगायत लत्ताकपडाहरु प्रदान गरेको हो ।

टोली आज प्रभावित क्षेत्रमै पुगी आवश्यक सामग्री प्रदान गरेको हो । नजिकिंदो जाडोका लागि केही सामग्री दिन पाएकोमा आफूहरु खुशी भएको कोरियाली टोलीका नेता डाक्टर चोइ जेङ सेवले बताउनु भयो । चिकित्सकहरुको टोलीले बाढीपछि त्यस क्षेत्रको स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी लिएको नेपाल कोरिया मानवीय सहायता समन्वयकर्ता रुद्र शर्माले जानकारी दिनुभयो ।

अहिले बाढी प्रभावित क्षेत्रको अवस्थाको बारेमा जानकारी लिन आएको र पछि पुनर्स्थापनाका क्रममा आवश्यक संरचना निर्माणमा सहयोग गरिने नेपालका लागि कोरियाली अवैतनिक वाणिज्य दूत डाक्टर जिअनले बताउनु भयो ।
विदुर नगरपालिकासँग समन्वय गरी वडामार्फत करिव २० लाख रुपैया बराबरको कोरियाली सहायता वितरण गरिएको स्थानीय नारायण प्याकुरेलले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.