लुम्बिनी लायन्स सुदूरपश्चिमलाई हराउँदै एनपीएलको फाइनलमा

काठमाडौँ- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को फाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स फाइनलमा पुगेको हो ।

टस हारेर पहिले व्याटिङको निम्तो पाएको सुदूरले पूरै ओभर खेलरेर १०५  रनको सामान्य योगफल बनाएको थियो । १०६ रनको लक्ष्य पाएको लुम्बिनीले १६ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा सो लक्ष्य भेट्याएको हो ।

लुम्बिनी एनपीएल दोश्रो संस्करणको विजेता टीम हो । सुदूरपश्चिम भने अघिल्ला दुबै संस्करणमा पहिलो रनर अफ बनेको थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.