नेपालमा २६१९ संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना संक्रमणको दर दिनहुँ बढ्दो अवस्थामा छ ।
२४ घण्टामा नपालमा थप २६१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकामा ८ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ६४४ जना, भक्तपुरमा ८७ जना र ललितपुरमा १४१ जना कोरोना संक्रमित भेटिएका छन् ।
देशभर ७१ जना क्वारेन्टाइनमा छन् भने १६ हजार ८ सय २८ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । ३६८ जना भने संक्रमणमुक्त भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्