नेपाललाई कोरानाविरुद्धको खोप उपलब्ध गराउने अमेरिकाको घोषणा, प्रधानमन्त्री ओलीद्वारा स्वागत

काठमाडौं– अमेरिकाले नेपालसहित दक्षिण एसियाली मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको हो । नेपाललाई कति डोज उपलब्ध गराउने भन्ने चाहिँ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा उल्लेख छैन ।

नेपाललाई खोप उपलब्ध गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपतिलाई पत्राचार गर्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप सहायता उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत गर्नुभएको छ । ट्विटमार्फत प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद समेत दिनुभएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि खोप सहायताको घोषणाप्रति अमेरिकी समकक्षी एन्थोनी ब्लिंकेनलाई धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.