जर्मनीको आत्मघाती गोलमा फ्रान्स विजयी

यूरो कप अन्तर्गत गएराति भएको दोश्रो खेलमा फ्रान्सले जर्मनीलाई पराजित गरेको छ।

समूह ‘एफ’ अन्तर्गत म्युनिखमा भएको खेलमा फ्रान्सले घरेलु टिम जर्मनीलाई १-० गोलले पराजित गरेको हो। जर्मनीका माट्स हुमेल्सले गरेको आत्मघाती गोल नै फ्रान्सलाई जित निकाल्न पर्याप्त बन्यो । खेलको २० औं मिनेटमा हुमेल्सले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। फ्रान्सका लुकास हर्नान्डेजको क्रस रोक्ने क्रममा हुमेल्सको प्रहारले जाली चुमेको थियो।

यसैबीच जर्मनीका गिनर्बीले पाएको अवसरमा गोल गर्न सकेनन्। उनले सिक्स यार्डबाट हानेको प्रहार आकासिएको थियो। दोस्रो हाफमा फ्रान्सका रबिओटको प्रहारले पनि पोस्टको दिशा लिन सकेन। ६६ मिनेटमा एमबाप्पेले बललाई जाली चुमाए पनि रेफ्रीले अफ साइड घोषित गरे। यो जितसँगै विश्वविजेता फ्रान्सले समूहमा ३ अंक जोडेको छ। यसअघि यो समूहकै पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलले पराजित गरेको छ ।

फुटबलस्टार क्रिश्चियानो रोनाल्डो सम्मिलित पोर्चुगीज टोलीलाई पहिलो हाफसम्म गोल रहित बराबरीमा रोक्न सफल हंगेरीमाथि दोश्रो हाफमा एकपछि अर्को गोल भएको थियो । रोनाल्डोले पेनाल्टी सहित २ गोल गरेपछि उनी युरोकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको किर्तिमान समेत बनाउन सफल भएका छन् ।

यसैबीच आज ३ खेल हुँदैछन् । सांझ ६:४५ बजे फिनल्याण्ड र रसिया तथा राति ९:४५ बजे टर्की र वेल्सबीच खेल हुनेछ । यसैगरी राति १२:४५ बजे इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुने छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.