अमेरिकामा बन्दुक हिंसालाई न्युनिकरण गर्न न्युयोर्क राज्यद्वारा आपतकालिन आदेश जारी

अमेरिकाको न्युयोर्कले बन्दुकका कारण बढ्दो हिंसालाई सम्वोधन गर्ने उद्देश्यले आपतकालिन विपद् आदेश घोषणा गरेको छ ।

बन्दुक हिंसालाई न्युनिकरण गर्ने उद्देश्यले कार्यकारी आदेश जारी गर्ने न्युयोर्क पहिलो राज्य हो । न्युयोर्कका गभर्नर एन्ड्रु क्युमोले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

न्युयोर्क राज्यमा मात्रै गत ४ जुलाईको साप्ताहिक विदामा ५१ वटा गोलीकाण्डका घटना भएका छन् । कार्यकारी आदेशपछि बन्दुकबाट हुने हिंसाको हस्तक्षेप र रोकथामका लागि १६ अर्व ४२ करोड रुपैयाँ खर्च हुनेछ ।

अमेरिकामा देशैभरी गोलीकाण्डका कारण हुने मृत्युदर बढेको छ । पछिल्लो साता मात्रै २ सयभन्दा बढी यस्ता घटना घटेका छन् । एफबीआईले सन् २०२० को मार्चमा सार्वजनिक गरेको तथ्यांक अनुसार गोली हानेर मारिनेको संख्यामा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.