भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा धेरै कमी आएको छ । पछिल्लो २४ घण्टामा २५ हजार १६६ नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । एकै दिनमा कोरोना सङ्क्रमित थपिएका यो संख्या गत १५४ दिनयताकै सबभन्दा कम हो ।

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको छ । त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ६९ हजार ८४६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१५ प्रतिशत हो ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २२ लाख ५० हजार ६७९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३६ हजार ८३० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड १४ लाख ४८ हजार ७५४ पुगेको छ । कूल सङ्क्रमितमध्ये ९७.५१ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.