एमाले बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन, मुख्यमन्त्री बनाइँदै

काठमाडौं– नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन हुनुभएको छ ।

दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावमा शाक्य दलको नेता हुनुभएको हो । उहाँलाई एमालेले नयाँ मुख्यमन्त्री चयन गर्ने तयारी गरेको छ ।

एमाले विभाजन भएसँगै पौडेलले पार्टी एकता कायम राख्न शाक्यलाई अघि सार्नुभएको हो । एमाले दलका अनुसार राजेन्द्रप्रसाद पाण्डेबाहेक सबै सांसद संस्थापनतिर उभिएका छन् ।

एमाले उपाध्यक्षसमेत रहनुभएकी शाक्य लामो माधव नेपाल समूहमा हुनुहुन्थ्यो ।

२०७४ को चुनावपछि भएको संसदीय दलको निर्वाचनमा शाक्य पौडेलसँग पराजित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.