सुडानमा सैन्य कुको विरोधमा व्यापक जनप्रदर्शन, एक सातामा १० जना भन्दा बढी मारिए

सुडानमा सेनाले कु गरेपछि नागरिक सरकारको माग गर्दै सर्वसाधारण व्यापक जनप्रदर्शनमा उत्रिएका छन् ।
प्रदर्शनकारीहरु राजधानी खार्तुम र अन्य शहरमा सेनाद्धारा अपदस्त गरिएका प्रधानमन्त्री अब्दुल्लाह हमदोकलाई पुनर्वहाली गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
हिजो भएको प्रदर्शनमा मात्रै सुरक्षाकर्मीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । यसै साता सुडानका सैनिक जेनरल अब्देल फताह बुरहानले नागरिक सरकार अपदस्त गरी नेताहरुलाई गिरफ्तार गर्नुभएको थियो ।
सैनिक सरकारले शासन सत्ता कब्जा गरेर संकटकालको घोषणा गरेको छ । राजनीतिक द्न्द र गृहयुद्धबाट मुलुकलाई बचाउन कु गरिएको सैनिक शासकको दाबी छ । सैनिक कुको विरोध गर्ने १० जना भन्दा बढी सर्वसाधारण यसै साता मारिएका छन् ।-






प्रतिक्रिया राख्नुहोस्