शहिद स्मारक ए डिभिजन लिग : फ्रेन्ड्स र सशस्त्र पुलिस क्लबबीच खेल हुँदै

काठमाडौँ- शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज एउटा मात्र खेल हुँदैछ ।
अहिले दिउसो १ बजे फ्रेन्ड्स क्लब र सशस्त्र पुलिस क्लबीच खेल हुदैछ ।
हिजोको खेलमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाईजलाई ३-१ गोल अन्तरले हराएको छ ।
हिजो भएको लिगको एक मात्र खेलमा ब्रिगेडलाई हराउँदै शेर्पाले जारी लिगमा पहिलो जित दर्ता गरेको छ ।
खेलको पाँचौ मिनेटमा मुतम्बा पिस्टोनीको गोलमा शेर्पाले खेलमा अग्रता बनाएको थियो ।
सुरेश कुमालले ७४ औं मिनेटमा अग्रता दोब्बर बनाउदा मनिष थापाले एक गोल थप्दै फराकिलो जित सुनिश्चित गरे । यस जित सहित शेर्पा ५ खेलबाट ५ अंक बनाउदै तालिकाको नवौं स्थानमा उक्लिएको छ ।
समान अक भएको ब्रिगेड गोल अन्तरका आधारमा तालिकाको दशौं स्थानमा झरेको छ ।।






प्रतिक्रिया राख्नुहोस्