सभामुख र राष्ट्रिय सभा अध्यक्षमध्ये एक जना महिला बनाउन राष्ट्रपतिलाई ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसमामुखहरुले संघीय संसदमा सभामुख र राष्ट्रिय सभा अध्यक्षमा एक जना महिला हुनुपर्ने माग गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ध्यानाकर्षण बुझाउँदै उहाँहरुले संविधानले व्यवस्था गरेको संघ, प्रदेश र स्थानीय तहका साथै राज्यका हरेक निकायमा लैंगिक समावेशीकरणलाई लागू गर्न माग गर्नुभएको हो । ‘संविधानले व्यवस्था गरेको संघ, प्रदेश र स्थानीय तहका साथै राज्यका हरेक निकायमा लैंगिक समावेशीकरणलाई लागू गर्न एक तिहाइ महिलाहरुलाई सहभागी गराई संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयन गरियोस्,’ ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘जस्तै, संघीय संसदमा सभामुख र राष्ट्रिय सभा अध्यक्षमा एक जना महिला हुनुपर्ने । प्रदेश सभातर्फ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेश सभाका सभामुखमध्ये एक तिहाई महिला हुनुपर्ने । स्थानीय तहतर्फ पालिकाका प्रमुख र अध्यक्षमा एक तिहाइ महिला हुनुपर्ने गरी व्यवस्था गरियोस् ।’

राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसमामुखहरुको बैठक माघ २६ र २७ गते धुलिखेलमा बसेको थियो ।

बैठकका निर्णयबारे राष्ट्रपति र प्रधानमन्त्रीलाई लिखित ध्यानाकर्षण गराइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.