कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौँ- नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेरराणा विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि उत्पन्न परिस्थितिको बारेमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
मंगलबार बिहान ९ बजे ससद भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा सो पार्टीको संसदीय दलको बैठक बस्ने जनाइएको छ ।
नेपाली कांग्रेसले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्