आईसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट: नेपाल क्यानाडासँग प्रतिस्पर्धा गर्दै

आईसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र क्यानाडाबीचको खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । छनोट अन्तर्गत अघिल्ला दुबै खेल जितिसकेको नेपालले क्यानाडालाई जिते समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्नेछ ।

नेपालले समूह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्दा सेमिफाइनल समूह ए को उपविजेतासँग खेल्नेछ । अन्तिम खेलसंगै आज नै सेमिफाइनल पुग्ने सम्पुर्ण टोलीको टुङगो पनि लाग्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.