त्रिकोणात्मक टी-ट्‍वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको फाइनल आज : नेपाल र पिएनजीबीच प्रतिस्पर्धा

काठमाडौँ- त्रिकोणात्मक टी-ट्‍वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको फाइनलमा आज नेपाल र पपुवान्युगिनी (पिएनजी) वीच प्रतिस्पर्धा हुँदैछ।

नेपाल यस श्रृंखलामा अपराजित रहँदै फाइनल खेल जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।

यसअघिको पीएनजीसँगको दुई खेलमा नेपालले पहिलो खेलमा १५ रन र दोस्रो खेलमा आठ विकेटको सानदार जित निकालेको थियो ।

आजको फाइनल खेलमा बाह्रौं खेलाडीका रुपमा घरेलु दर्शक रहने भएकाले नेपाल उपाधी हात पार्दै पीएनजीलाई स्तब्ध पार्ने दाउमा रहेको छ ।

खेल आज दिउँसो साढे १२ बजे टीयू क्रिकेट खेल मैदानमा हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.