निलम्बित प्रधानन्यायाधीशको बयान सकिएन, भोलि पनि हुने

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँगको पहिलो दिनको बयान सकिएको छ ।

महाअभियोग सिफारिस समितिले बुधबार झण्डै चार घण्टासम्म बयान लिएको थियो । बयान बिहीबार पनि हुने समिति सदस्य लालबाबु पण्डितले जानकारी दिनुभयो । ‘चार घण्टासम्म उहाँले बयान दिनुभयो,’ पण्डितले भन्नुभयो, ‘सुरुवातमात्रै भएको छ, पूर्णरुपमा हामी आरोप पुष्टि भयो भएन निष्कर्षमा पुगेका छैनौं ।’

समितिका अर्का सदस्य प्रमोद साहका अनुसार जबराले दिएका जवाफमा कतिपय व्यक्तिहरुको नाम जोडिएकाले उहाँहरुसँग पनि बयान लिन सकिने बताउनुभयो ।

समितिका अर्का सदस्य मीन विश्वकर्माले भने जबराले गोलमटोल जवाफ दिनुभएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.