पोर्चुगल र ब्राजिल एक खेल अगावै विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश

पोर्चुगल र ब्राजिल फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेका छन् । पोर्चुगल ब्राजिलले लगातार २-२ खेलमा जीत निकाल्दै एक खेल अगावै नकआउट चरणमा पुग्न सफल भएका हुन् ।

आज बिहान लुसले रंगशालामा भएको खेलमा पोर्चुगलले उरुग्वेमाथि २-० गोलको जीत निकालेको हो । २८ वर्षीय राइट विङ्गर ब्रुनो फर्नान्डेजको व्यक्तिगत दुई गोलमा पोर्चुगल आफ्नो दोस्रो खेलमा जीत निकाल्दै अन्तिम सोह्रमा पर्न सफल भएको हो ।

त्यसैगरी गएराती सम्पन्न समूह जी अन्तर्गत ब्राजिलले स्वीट्जरल्याण्डलाई १-० गोलले पराजित गर्दै अन्तिम सोह्रमा आफ्नो स्थानमा पक्का बनाएको छ । ब्राजिलको यो लगातार दोस्रो जीत हो ।

यसअघि ब्राजिलले सर्वियालाई २-० गोलले पराजित गरेको थियो । हिजोको खेलमा खेलको ८३औं मिनेटमा सेन्टर मिडफिल्डर क्यास्मिरोले एक मात्र निर्णायक गोल गर्दै ब्राजिललाई जीत दिलाएका थिए । अब ब्राजिलले समूह चरणको अन्तिम क्यामरुनसँग खेल्नेछ ।

यता एशियाली राष्ट्र साउथ कोरिया भने हिजोको खेलमा घानासँग पराजित भएपछि साउथ कोरियाको अगाडिको यात्रा निकै कठिन बनेको छ ।

फिफा विश्कपमा आज दुईवटा खेलहरु खेलिंदैछन् । आजको खेलमा इक्वेडरले सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ भने नेदरल्याण्डसले आयोजक राष्ट्र कतारसँग खेल्दैछ । यी दुवै खेलहरु एउटै समयमा बेलुकी ८.४५ बजेबाट खेलिने कार्यतालिका रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.