नेपाल टी-२० विश्वकपमा छनोट : युएई ८ विकेटले पराजित

काठमाडौँ– नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

आज काठमाडौंको मुललपानी मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ हुने टी–२० विश्वकपमा छनोट भएको हो ।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो ।

आजको खेलमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.