भारतको दक्षिण अफ्रिकामाथि २४३ रनको शानदार जित, आज बङगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा

काठमाडौं- भारतमा जारी आइसीसी एक दिवसिय विश्वकप क्रिकेट अन्तरगतको ३८औं खेलमा आज बङगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे दिल्लीमा सुरु हुनेछ ।

बङगलादेश र श्रीलंका दुवै समुह चरणमै सिमित रहेका छन् । श्रीलंका तालिकाको सातौं स्थानमा रहँदा बङगलादेश नवौं स्थानमा रहेको छ । पछिल्लो पाँच भेटमा श्रीलंकाले तीन खेल जित्दा बङ्गलादेशले दुई खेल जितेको छ ।

यसअघि हिजो भएको खेलमा भारतले दक्षिण अफ्रिकामाथि २ सय ४३ रनको शानदार जित दर्ता गरेको छ । विराट कोहलीको शतक र रवीन्द्र जडेजाको पाँच विकेटको मद्दतमा भारतले जित निकालेको हो ।

इडेन गार्डेनमा भारतले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७ ओभर खेल्दा ८३ रनमा अल आउट भयो । भारतका रवीन्द्र जडेजाले पाँच विकेट लिए भने मोहम्मद शमी र कुलदीप यादवले २/२ विकेट लिए ।

भारतका पूर्व कप्तान विराट कोहलीले आफ्नो ३५औं जन्मदिनमा ४९औं शतक पुरा गर्दै एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरको शतकसँग बराबरी गरे ।

भारत ८ खेलबाट १६ अंकसहित तालिकाको शिर्ष स्थानमा रहँदा पराजित दक्षिण अफ्रिका १२ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.