टेवल टेनिस लिगको उपाधि एभिएम क्लवलाई

काठमाडौं – नेपालमा पहिलो पटक आयोजना गरिएको टेवल टेनिस लिगको उपाधि एभिएम टेवल टेनिस क्लवले जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना गरिएको लिगमा आज भएको फाइनल प्रतिस्पर्धामा विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै एभिएम विजयी भएको हो ।

विजेता बनेको एभिएमले उपाधि सहित पुरस्कारमा दुई लाख रुपियाँ नगद र रनिङ शिल्ड प्राप्त गरेको छ । उपविजेता पुलिसले एक लाख पुरस्कार पायो भने तेस्रो हुने टोलीलाई ५० हजार रुपैंया पुरस्कार प्रदान गरियो । नेपालमा पहिलो पटक विदेशी खेलाडीलाई सम्मिलित गराइ खेलाइएको लिग च्याम्पियन्स टेबल टेनिस एकेडेमीले आयोजना गरेको हो ।

मङ्सिर १९ बाट सञ्चालन गरिएको प्रतियोगितामा नौ वटा टोलीको सहभागिता रहेको आयोजकले संस्थाकी अध्यक्ष नेपाल महिला टेवल टेनिस च्याम्पियन नविता श्रेष्ठले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.