राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दललाई चुनाव चिह्न प्रदान

काठमाण्डौँ –  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएका १२ वटा राजनीतिक दललाई निर्वाचन आयोगलाई चुनाव चिह्न प्रदान गरेको छ ।

राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका अनुसार आयोगले आइतबार दलहरुलाई निर्वाचन चिन्ह प्रदान र चिह्न रहने क्रम निर्धारण गरेको हो ।

दलहरुलाई निर्वाचन चिन्ह प्रदान गर्दा २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार एमालेको सूर्य चिह्न पहिलो नम्बरमा परेको छ भने त्यसपछि कांग्रेसको रुख दोस्रो, माओवादी केन्द्रको गोलागारभित्रको हँसिया हथौडा तेस्रो र चौथोमा राप्रपाको हलो चिह्न राखिएको छ ।

यस्तै त्यसपछि क्रमशः जसपाको ढल्केको छाता, जनमत पार्टीको लाउड स्पिकर, नेकपा एकीकृत समाजवादीको कलम, नागरिक उन्मुक्ति पार्टीको पिँध भएको ढकिया, लोसपाको साइकल, नेमकिपाको मादल, जममोर्चाको गिलास र नेपाल समाजवादी पार्टीको खुलेको आँखा राखिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.