प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश विजयी

काठमाडौँ- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश विजयी भएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३ विकटले पराजित गर्दै बागमती विजयी भएको हो ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले दिएको ९८ रनको सामान्य चूनौती बागमतीले ७ विकेटको क्षतिमा १ सय २५ बल बाँकी छँदै पुरा गर्यो । जारी प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने क्रममा बागमतीले २२ दशमलव १ ओभर खेल्दै लक्ष्य पुरा गर्यो । बागमतीको जितमा अशोक पौडेल र प्रतिश जिसीले समान २१ रन बनाउन सफल भए।

आर्मीका सोमपाल कामीले ३ विकेट लिए भने जीतेन्द्र मुखिया र साहब आलमले समान २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा बनाएको थियो ।

आर्मी विरुद्ध बागमतीका सूर्य तामाङले ५ विकेट लिए । प्रतियोगिताको १२औं खेल सकिंदा ४ अङ्क बनाएको एपिएफ क्लव नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । उत्ति नै अङ्क बनाएका सुदूरपश्चिम पुलिस र बागमती प्रदेशले एपिएफलाई पछ्याइरहेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.