वाग्मती सरकारले सहुलियतपूर्ण ब्याजदरमा तीन अर्ब ऋण लगानी गर्ने
मकवानपुर- वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा रु तीन अर्ब ऋण लगानी गर्ने भएको छ ।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकले कृषि, उद्योग, व्यापारव्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न कार्यविधिसमेत पारित गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्